काठमाडौं, ११ असोज । नयाँ नेतृत्व चयनका लागि एमाले बागमती प्रदेशको अधिवेशन चलिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।
जसअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिनुभएको छ ।
उहाँले उम्मेदवारी फिर्ता लिएसँगै अब चारजना अध्यक्ष पदका प्रत्यासी रहनुभएको छ । पाण्डेले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्नेगरी आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्