जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार १४:५४

युवराज भण्डारीको‘भावनाको देश’मा राजेश पायलको स्वर


काठमाडौं, असोज १२ । गीतकार युवराज भण्डारीको देशभक्ति गीत हालै सार्वजनिक गरिएको छ। गायक राजेश पायल राईको स्वर रहेको‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो।

भण्डारीको युट्युवच्यानलवाइ बी कृयसन मार्फत बजारमा आएको सो गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गरेका छन्। यस गीतका सङ्गीत संयोजक फणीन्द्र राई हुन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । त्यसैगरी ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । पूजा ठकुरीको निर्देशन, विनोद बमको सम्पादन ररामकुमारकेसीकोछायाङ्कनमाम्यूजिक भिडिओ साङ्ग्रिला कृयसनतयार पारेको हो।

डुम्रिबेसी,तनहुँका भण्डारी हाल क्यानडा छन् । सानैमाएक गीति कविता सङ्ग्रह प्रकाशित गरेका भण्डारीको‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङ्ग्रह) प्रकाशोन्मुख छन् । उनको शब्दमाआधा दर्जन गीत रेकर्ड भइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस