जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार २३:११

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल १३० मतले अगाडि (अपडेट)


काठमाडौं, १२ असोज । एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेलले अग्रता कायम गर्नुभएको छ । ढुंगेलले अध्यक्षमा हालसम्म १३० मतले अग्रता लिनुभएको छ ।

बीस वटा भोटिङ मेसिन गन्दा ढुंगेलले ३५६ मत पाउनुभएको छ त्यस्तै अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले २२६ मत पाउनुभएको छ ।
सचिवमा नवराज सिलवालले २९८ मत पाएका छन् भने हस्त पण्डितले २८४ मत पाउनुभएको छ ।