काठमाडौं , १२ असोज। नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित हुनुभएको छ ।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बन्नुभएको हो ।
रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुनुहुन्छ । निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा दावादोर्जे लामा विजयी हुनुभयो । लामाले ६१५ मत प्राप्त गर्नुभयो।
यस्तै सचिवमा नवराज सिलवाल विजयी हुनुभएको छ । सचिवमा नवराज सिलवाल एक मत अन्तरले विजयी हुनुभएको हो । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो ।
यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत प्राप्तगरी विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्