जनता टाइम्स

१३ आश्विन २०८०, शनिबार १२:२०

रोकिएन सुन तस्करी : बिमानस्थलबाट समातियो तीन किलो सुन


काठमाडौं, १३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुुन ।

बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनीमाथी थप अनुसन्धान भईरहेको छ ।