सुर्खेत, असोज १५ । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिटव्युरो सदस्य गुलावजंग शाहले ५२ मत ल्याएर शुरुवातीअग्रता लिनुभएको छ ।
आइतबार सम्पन्न मत गणनाको प्रारम्भीक नतिजा अनुसार एक सय मत गणना गर्दा शाहले ५२ ल्याउनुभएको छ भने अध्यक्षका अर्काउम्मेरदवार मिनबहादुर शाहीले ३८ मत ल्याउनुभएको छ ।
अध्यक्षका अर्का अध्यक्षका उम्मेरदवार प्रकाशबहादुर शाहीले २ मतप्राप्तगर्नुभएको छ । अध्यक्षका उम्मेरदवार शाह र शाहीको मतान्तर १४ मत छ ।
प्रारम्भीक मत परिणाम अनुसार उपाध्यक्षमा टेकराज पछाईले ४६, लालबादुर महतारले ३२ र दानसिंह नेपालीले ११ मत प्राप्त गर्नुभएकोछ ।
पछाई शाह प्यानका हुन भने महतारा शाहीको प्यानलमा निर्वाचन लडनुभएको थियो । यसैगरी सचिव पदमा शाह प्यानलकैसुर्खेतका धुर्व कुमार शाहीले ६५ मत प्राप्त गर्नुभएको छ भने दैलेखका रुद्रबहादुर शाहीले २७ मत प्राप्तगर्नुभएको छ ।
उपसचिवमा पनि शाहकै प्यानलले अग्रता लिएको छ । शाहको प्यानलमा उठेका दैलेखका रविन्द्रराज शर्माले ३८, कालीकोटका रमेशशाहीले ३१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी तेस्रोमा सुर्खेतकी पद्मा खड्काले २३ मत ल्याउनुभएको छ । शाहीको तर्फबाट खड्कालाईअघि सारिएको थियो । यसैगरी उपसचिवका उम्मेरदवार धिरेन्द्रराज गिरीले १३ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्