जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १८:४८

सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलिका लागि आह्नान


धनगढी, १५ असोज । सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । आज प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको हो ।

प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ,‘१६ गते मंगलबार दिनको १ः०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ ।’ भोलि बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।