धनगढी, १५ असोज । कैलालीको गोदावरी नगरपालिका–६ घुएराबाट लागुऔषधसहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँका २६ वर्षीय जयकिसन चोधरी रहेका छन् ।
चौधरीको साथबाट ८६० मिलिग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्