काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको बिषयलाई लिएर सो कुरा बताउनुभएको हो ।
‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान गर्यो,’ ओलीले भन्नुभयो, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन्, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने ? अरूलाइ चाँही अपमान गर्ने, सभामुख पदको गरिमाको ख्याल गर्नु पर्दैन ?’
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिए मात्रै लैजाऊ भनेर अरु लैजान नदिएकोमा पनि आपत्ति जनाउनुभयो ।
उहाँले यसअघि सभामुखहरुको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरुलाई पठाउने गरिन्थ्यो ? त्यो ख्याल नगरी प्रचण्ड सरकारले सभामुखको मानमर्दन गरेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्