जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १८:५९

बझाङमा भूकम्प परी ६ जना घाइते, थप विवरण आउन बाँकि


बझाङ, १६ असोज । भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इन्सपेटर दिपेश चौधरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्प गएपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले जानकारी दिएको छ ।

एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको दिएको छ । अहिले साना तथा ठूला सवारिका साधन बन्द भएका छन् । जिल्ला भरिएको विवरण आउन अझै बाँकि छ ।