जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार ०७:४०

आज राष्ट्रिय सभामा ४ वटा विधेयक पेश हुँदै


काठमाडौं, भदौ २६ । राष्ट्रिय सभामा आज चारवटा विधेयक पेश हुने भएको छ । सभाको बिहीबारको कार्यसूचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, विज्ञापन नियमन गर्ने विधेयक, वातावरण संरक्षण विधेयक र वन विधेयक पेश हुने छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित परिचयपत्र तथा पञ्जिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा राख्नुहुने छ।

त्यस्तै विज्ञापन नियमनसम्बन्धि प्रथिनिधिसभाले गरेकने संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव राख्ने बैठकको कार्यसूची छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित वातावरण संरक्षण विधेयक र वन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।