जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १८:३३

इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौं, १७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको लमहीस्थित जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६४ रुपैयाँ ८० पैसा देखिएपछि उनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

रानाभाटले सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुरमा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ ।