जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार १२:३८

इजिप्टमा जब आमाले आफनै छोरा मारेर टाउको पकाएर खाईन्


कायरो, १८ असोज । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन ।

सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि विश्व स्तब्ध भएको छ ।

पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैंभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीया महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन ।

प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन् । उनले सुरुमा छोरालाई बाथरुममा लगेर छुरीले टाउकोमा तीन पटक हानिन, उनको टाउको जलाइन् । त्यसपछि छोराको शरीरका बाँकी भागलाई सानो सानो टुक्रामा काटिएको थियो। प्रमाण लुकाउन उनले यस्तो गरेकी थिइन ।

ती महिलाले आफ्नो बयानमा आफू छोरालाई सधैं साथमा राख्न चाहेको भन्दै यस्तो कदम चालेको बताएकी छन् । उता श्रीमतीको मानसिक समस्याका कारण आफुले अलग हुनका लागि मुद्दा लडिरहेको अवस्थामा यो बिभत्स हत्या भएको उनका पुर्व पतीले अदालतमा बयान दिएका छन ।

इजिप्टको एक अदालतले हसनलाई आपराधिक रूपमा पागल घोषित गरेको छ । उनकोको आपराधिक क्रियाकलाप पछि अदालतका न्यायाधीशहरूले ती महिलालाई कुनै पनि हालतमा निर्दोष मान्न सकिँदैन भनेर निर्णय गरेका छन ।

गत ३० सेप्टेम्बरमा फैसला सुनाउँदै अदालतले दोषी हाना मोहम्मद हसनलाई मनोचिकित्सक इकाईमा राख्नुपर्ने बताएको थियो। आमाले बौलाहा अवस्थामा छोराको हत्या गरेको अदालतको ठहर छ । अदालतले प्रारम्भिक मनोचिकित्सक रिपोर्टबाट हसनलाई मानसिक रोग लागेको पत्ता लगाएको थियो, यद्धपी सजायँ भने कठोर दिईएको छ ।