जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार १२:५८

संसदमा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु


काठमाडौं, १९ असोज । संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

यसअघि आजकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो ।