काठमाडौं, १९ असोज । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो । बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र–३–०१–००१ग ३७०५ नम्बरको ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो ।
सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो । ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्