जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार २०:४८

राष्ट्रपतिसँग विवेकशील साझा पार्टीको भेटवार्ता, संवैधानिक संस्थाहरुको गरिमा बचाउन आग्रह


काठमाडौं, १९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियान’ वारे जानकारी गराएको छ ।

पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा वचाईराख्न गणतन्त्र बिरोधीहरूको अनावश्क प्रहार र दुश्प्रचारप्रति सचेत रहन विशेष ध्यानाकर्षण गराएको हो ।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको संबृद्धिको चाहना साकार पार्न संबैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलीय दुश्प्रभावबाट मुक्त गर्नुपर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराईएको थियो । प्रतिनिधि मण्डलले संबिधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोध समेत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको सम्वृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् । उहाँले श्रम र जनशक्तिको विदेश पलायनले गाऊँ रित्ति रहेकेमा चिन्ता प्रकट गर्दे देश मै राम्रो शिक्षा र रोजगारीको सृजना गरेर गाउँमै बसौं–बसौं बनाउनु आजको आवश्यकता रहेको पनि औल्याउनुभएको थियो ।