बर्दिया, भदौ २६
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका क्षेत्रीय इन्चार्जलाई पक्राउ गरेको छ । विप्लव नेकपाका ४ नम्बर क्षेत्रीय कमान्डर पुरणबहादुर वलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
४५ वर्षीय वलीलाई इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले वलीलाई पक्राउ गरिएको पुष्टि गरेको छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका वली विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार अभियुक्त हुन् । पक्राउ परेका वलीलाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्