जनता टाइम्स

२० आश्विन २०८०, शनिबार ०८:१०

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की


बिराटनगर, असोज २० । कोशी प्रदेशको सरकारले आज विश्वासको मत लिनुहुने भएको छ ।

सर्वोच्च अदालतले गठबन्धनको सरकारलाई अवैधानिक भन्दै खारेज गरेपछि मुख्यमन्त्री नियुक्त हुनु भएका एमाले संसदीय दलका नेता हिक्मतले आजको प्रदेशसभा बैठकमा आज विश्वासको मत लिन लाग्नुभएको हो ।

भदौ २१ गते सर्वोच्चले थापालाई बर्खास्त गरेपछि भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । संविधानको धारा ३ अनुसार नियुक्त हुनु भएका कार्कीलाई राप्रपाको साथ छ ।

मुख्यमन्त्री कार्कीले अन्य दलसँग पनि विश्वासको मतका लागि सघन छलफल गरिरहनु भएको छ । यो सरकारले विश्वासको मत पाउन नसके प्रदेशमा मध्यावधी निर्वाचनको सम्भवना प्रवल रहने भएकोले त्यसलाई टार्नका लागि पनि काँग्रेस,माओवादी र एकीकृत समाजवादीसँग कार्कीले सघन छलफल गरेर आफ्नो पक्षमा बहुमत पुर्याउने कोशीश जारी छ । एमालेसँग उपसभामुख बाहेक ३९ जनास साँसद छन् ।

राप्रपाका ६ जनागरी ४५ जना साँसद कार्कीको पक्षमा छन् । अब दुईजना साँसदको साथ पाए कार्कीले विश्वासको मत पाउन सक्छन । बिश्वासको मत नपाए सरकार ढल्नेछ ।