जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १२:२५

शिक्षक आन्दोलनको सहमति प्रति सिके राउत असन्तुष्ट


काठमाडौं, २० असोज । जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश (सिके) राउतले हालै भएको शिक्षक महासंघसँग सम्झौता प्रति असन्तुष्टी प्रकट गर्नुभएको छ । नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र बिद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टी प्रकट गर्नुभएको हो ।

बिद्यालय शिक्षा बिद्येयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उहाँको यो धारणा बाहिर आएको हो । उहाँले सामाजिक सञ्जालबाट आफ्नो दृष्टीकोण राख्दै अगाडी प्रश्न गर्नुभएको छ, ‘शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ?’

‘शिक्षकहरुले आन्दोलन गरे, हाम्रो पनि समर्थन रह्यो, नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गर्यो, ६ खण्डमा त्यहाँ ३२ बुदाँहरु छन्,’ उहाँले भन्नुभयो, ‘त्यसमा एउटा मात्रै बुदाँ पनि बिद्यार्थीको हितको देखाउनुहोस, एउटा मात्रै बुदाँ पनि सुलभ र गुणस्तरीय शिक्षाका लागि देखाउनुहोस, एक शब्द छैन ।’