बझाङ, २० असोज । बझाङमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीको छोरा ८ वर्षीय बिजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ मृत्यु भएको हो ।
घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्