जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १८:३३

बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने चलचित्र सम्बद्ध संघ, संस्थाको घोषणा


काठमाडौं, २० असोज । पछिल्लो समय चलचित्र विधेयकको बिषयलाई लिएर चलचित्र सम्बद्ध संघ सस्थाले चलचित्र बिकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको छ । शुक्रवार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघलगायत चलचित्र सम्बन्धि ९ वटा संघ सस्थाहरुको सामुहिक बैठक बसेको थियो ।

बैठकले चलचित्र बिकास बोर्डले सरोकारवाला संघ सस्थालाई खबर र छलफल नै नगरी चलचित्र विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेभ साइटमा राखेको भन्दै आपत्ति जनाएको छ । सरोकारवाला संघ सस्थाहरुको सहमती बिना चलचित्र बिधेयक अगाडी नबढाउन अनुरोध गर्दै संघसस्थाले चलचित्र बिकास बोर्ड र संचार तथा सुचना प्रविधि मन्त्रालयमा पत्र बुझाएको छ ।

यसअघि चलचित्र सम्बन्धि संघ संस्थाले ड्राफ्ट गरी बोर्डसँग सहमति गरेको विधेयक लुकाएर बोर्डले चलचित्र उध्योग र संघीयताको मर्म विपरित गोप्य रुपमा विधेयक ड्राफ्ट गरी अगाडी बढाएको आरोप लगाएको छ । शुक्रबार संचारमन्त्री रेखा शर्मालाई पत्र बुझाउँदै सबै संघ संस्थाले सहमतिमा विधेयकको ड्राफ्ट वा सुझाव पठाईसकेपछी मात्र मन्त्रालयमा पेश गर्न माग गर्दै त्यस अघिका बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने ८ सस्थाले निर्णय गरेको हो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले कुनै पनि सस्था र चलचित्रकर्मी चलचित्र विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने बताएका छन् । सबै संघसस्थाले अर्को शनिवारसम्म चलचित्र विधेयक अध्ययन गरी सुझाव र स्पष्टिकरणसहित चलचित्र बिकास बोर्ड र मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ ।