जनकपुरधाम, २१ असोज । जनकपुर बिग मार्टमा गए राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको मार्टमा मध्यराति सबा १ बजे अकस्मात् लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाँले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आगलागी नियन्त्रणमा लिन जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला, नगरपालिका, सशस्त्र प्रहरी गण मधेस प्रदेश, नेपाल प्रहरी गण ढल्केवरको बारुण यन्त्र र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिन प्रयास गरिँदै छ ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ । मानवीय क्षति भएको छैन । यद्यपि आगलागी नियन्त्रणमा नआएकोले क्षतिको विवरण यकिन हुन नसकेको डिएसपी अवाँले बताउनुभयो ।
आगलागी भएको मार्ट रामबाबु रायले सञ्चालन गर्नुभएको थियो । मार्टको दोस्रो तल्लामा बसिरहेका राय दम्पतीले आगलागी भएको थाहा पाएपछि भागेर ज्यान बचाउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्