धनगढी, असोज २२ । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजो धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनमा आज बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल हुने सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको छ । सहमति नभएमा निर्वाचन हुने उहाँले जानकारी दिनुभयो ।
एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा तीन जनाले अध्यक्षमा आकांक्षा देखाउनुभएको छ । प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्