काठमाडौं, असोज २२ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित ‘टिकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजनाल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०÷५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैया सम्म क्यास ब्याक दिइने बैंकले जनाएको छ । बैंकका अनुसार क्यास ब्याक रकम पिओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिने छ ।
चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिनआफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म लागू हुने बैंकले जनाएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्