बैतडी, २२ असोज । बैतडीमा ४५ वर्षीया महिला बलात्कृत हुनुभएको छ । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–५ खलिगाडका २८ वर्षीय नरेश जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
जोशीमाथि आइतबार बिहान मेलौली–६ को लामाखोला जङ्गलमा ४५ वर्षीयामाथि जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ परेका जोशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्