काठमाडौं, २२ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उहाँले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । उहाँले यस दुखद् घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश पनि दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्