काठमाडौं, भदौ २६
रामजी खाँड र भिमु गुरुङको सुमधुर आवाजमा रहेको दशैँ गित ‘दशै तिहार झिलिली’ सार्वजनिक भएको छ । आशिष म्यूजिक अफिशल नामको युटुव च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरिएको हो । खाँडकै संगित तथा शब्द संकलन सि.पि मगरको रहेको गितमा बाबु थापा, रश्मि तामाङ र सुरजको मूख्य अभिनय रहेको छ ।
भिडियोको इडिट मिउलान बि.कले गरेका हुन् भने उक्त भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । त्यस्तै भिडियोलाई थापाले निर्देशन गरेका थिए । एक हप्ता अगाडि रिलिज भएको उक्त गितको भिडियो एक लाख ४१ हजार भन्दा बढीले हेरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्