जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १४:४४

खुल्यो मलेसियाको वैदेशिक रोजगारी : नेपालकै अडानअनुसार भयो यस्तो सहमति


काठमाडौं, भदौ २६ । गत वर्षबाट बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ । नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको बार्तामा सो सहमति भएको हो ।

प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार भर्खरै सो सहमति भएको हो । सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्न लागेको हो । ‘गत बर्षदेखि बन्द रहेको नेपाली श्रमिकहरुको डेष्टिनेशन मलेसिया आगामी आग्तवारबाट खुल्नेभएको छ,’ सहमति सार्वजनिक गर्दै परराष्ट्र सल्लाहकार भट्टराईले भन्नुभएको छ ।

नेपालले श्रमिकमाथि चर्काे आर्थिक भार पार्ने र बिचौलियाको चलखेल भएको ठहरपछि मलेसियामा कडाई गरेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले नेपालको प्रस्तावअनुसार नभएसम्म नेपाली कामदार पठाउन नसकिने अडानपछि पहिलो चरणमा मन्त्रीस्तरीय बार्ता काठमाडौंमै भएको थियो । सो बार्ताको सहमतिअनुसार मलेसियामा भएको बार्तामा यो सहमति भएको हो ।