जनता टाइम्स

२३ आश्विन २०८०, मंगलवार १७:१८

दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता


दार्चुला, २३ असोज । दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन् ।

उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको छ ।