जनता टाइम्स

२३ आश्विन २०८०, मंगलवार १८:१९

मातृभाषाको शिक्षक दरबन्दी राख्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं, २३ असोज । आदिवासी जनजातिलगायत जातीय संस्थाहरूले शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई आज ज्ञापनपत्र बुझाउँदै उनीहरूले विधेयकमा मागहरु समावेश गर्न आग्रह गरेका हुन् ।

शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न माग गरिएको छ । संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । परम्परागत धारमा व्यवहारमा अध्ययनरअध्यापन भइरहेको ‘मुन्धुमरमुन्दुमरमुक्दुम’ शिक्षा समावेश गर्न माग गरिएको छ ।

शिक्षकले पाउने चाडपर्व खर्च आ–आफ्ना चाडपर्वमा लिन पाउने व्यवस्था गर्न भनिएको छ । जातीय संस्थाहरुले संविधान र संघीयताको मर्मअनुसार मात्रै शिक्षा विधेयक अघि बढाउन पनि सांसदहरुलाई आग्रह गरेका छन् । जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्न नहुने ती संस्थाहरूको माग छ ।