जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार १३:५६

नेपालीको उद्धार गर्न आज राति इजरायल जाँदै नेपाली जहाज


काठमाडौं, २४ असोज । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।

इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।