काठमाडौँ, २६ असोज । हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएन । तर विपिन जोशी हाल सम्पर्क विहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाली फर्कनु भएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।
साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु बिबुशाले सरकारसँग आग्रह समेत गर्नुभयो । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भएभने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उहाँले बताउनुभयो । शुक्रवार बिहान नेपाल फर्कनुभएका विबुशा भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउनु भएको बताउनुभयो ।
सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो । गोरखापत्रबाट













प्रतिक्रिया दिनुहोस्