जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार ०८:११

अमेरिकामा एक नेपाली सुतिरहेको स्थानमा मृत फेला


बोस्टन, भदौ २७

अमेरिकाको बाल्टिमोरमा एक नेपालीको सुतिरहेको स्थानमा मृत फेला परेका छन् । काठमाडौंका कपिल पौडेलको सुतेकै अवस्थामा बुधबार निधन भएको हो । बालाजु स्थायी घर भएका ३७ वर्षीय पौडेल लामो समयदेखि बाल्टिमोरस्थित ओइङ्ग मिल्समा बस्दै आएका थिए।

उनी अमेरिकी समयअनुसार कामबाट बुधवार बिहानै घर फर्केका थिए र दिउसो सुतेका थिए । उनलाई ओछ्यानमा मृत भेटिएपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल पोष्टमार्टमका लागि उनको शव लिएर गएको थियो । पौडेलको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ। उनको अर्को साता बाल्टिमोरमा अन्तिम संस्कार गरिने भएको छ।