काठमाडौं, २६ असोज । काठमाडौंको गैरीगाउँमा चार जनाको सामूहिक हत्या अभियोगमा पक्राउ गरेका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध आजन्म काराबासको माग गर्दै मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले भन्डारीलाई बाँचुञ्जेल जेल (आजीवन काराबास) को मागदाबीसहित अभियोगपत्र दायर गरेको हो ।
प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको हो । अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकोमा उनीविरुद्ध आजीवन काराबासको मागदाबीसहित मुद्दा दायर गरिएको छ। भण्डारीले व्यक्तिगत प्रतिशोधका कारण हत्या गरेको प्रहरी निष्कर्ष छ ।
जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत उनको बयान लिएको थियो । बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएपछि अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।













प्रतिक्रिया दिनुहोस्