काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनालाई बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै आज सांसद गौतमले गठबन्धन सरकारले देशको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प भएको उहाँको भनाइ छ । सरकारमा काम गर्ने सोच नै नरहेकोसमेत उहाँको आरोप छ ।
‘खाली झण्डा हल्लाएर मन्त्रीजीहरू गएरमात्र के नै हुन् ? अहिले मुलुक एकदमै अप्ठेरोमा अवस्थामा पुगेको छ,’ उहाँले भन्नुभयो । उहाँले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुलाई बेलैमा बिचार नगर्ने हो भने पछि पश्चातापको बाटो बाहेक अरु केही नरहने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्