काठमाडौं, २७ असोज । चाईल्ड नेपालको १९ औं साधारणसभा र पाचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह–सचिवमा कविता नेपाली निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा कपिल अर्याल, सविता सापकोटा, गीता विक र रेखा चौधरी निर्वाचित हुनुभयो । साथै बाल सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा अजिता राई, आयुष गिरी, हिमानी विक, विकास तामाङ र केशव घिमिरे रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्