काठमाडौं, २७ भदौ । सरकारले विभिन्न गुठी, अधिग्रहण गरिएका तथा सार्वजनिक जग्गा हिनामिनाको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)अन्तर्गत् गठित छानबिन समितिको म्याद दुई महिना थपेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त समितिको म्याद आउँदो असोज २८ गतेसम्म थपिएको जानकारी गराउनु भएको हो । यस्तै, विराटनगर जुटमिल जाँचबुझ आयोगको म्यादसमेत थप गरिएको छ । ऊर्जा दक्षता तथा संरक्षणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, प्रहरीजवान सन्जीव राईलाई सहिद घोषणा गर्ने र निजको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्