काठमाडौं, २९ असोज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दै हुनुहुन्छ । उत्तरी छिमेकी चीनद्धारा आयोजित ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागीता जनाउन उहाँ चीन प्रस्थान गर्न लाग्नुभएको हो । आज अपरान्ह १२ बजे मन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नुहुनेछ ।
गए राती नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि चीन प्रस्थान गर्नुभएको थियो ।
बिआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदैछ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै हुनुहुन्छ । चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेको उहाँको सचिवालयले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्