काठमाडौँ, असोज ३० । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उहाँले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।
अहिले उहाँ आम जनता पार्टीमा आबद्ध हुनुहुन्छ । उहाँ एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुनुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्