जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १३:२३

एनआरएनए आइसीसी निर्वाचन : कोषाध्यक्षमा उम्मेद्वारी दिँदै आइसीसी युवा संयोजक सुदन थापा


जापान, भदौ २७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा युथ कोअर्डिनेटर सुदन थापाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । एनआरएनएको काममा सदैव सक्रिय थपाले सवैको आग्रहमा कोषाध्यक्षमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।

एनआरएनएको बिश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै जाँदा अध्यक्षका दुवै प्रत्यासी कुमार पन्त र कुल आचार्यले बिश्व दौड लगाइरहँदा अन्य पदमा उम्मेद्वारी घोषणा पनि बढन थालेको छ । निर्वाचन समितिले उम्मेद्वारी दर्ताका लागि अघिल्लो सम्मेलन भन्दा दोब्बर शुल्क बढाए पनि उम्मेद्वारी घोषणाको क्रम बढदै गएको छ ।

बिगत १३ बर्षदेखि जापानमा रहनुभएका थापालाई अध्यक्षका दुवै उम्मेद्वारले काम गर्न अब्बल युवाको उपमा दिएका छन । सन २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा अघि बढाउनु भएका थापा अहिलेसम्म अनबरत रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आउनु भएको छ । उहाँ गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए आइसीसी युवा प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा वर्तमान एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ता पनि हुनुहुन्छ ।

थापाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष रहदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक पटक नेपाल फेस्टिवलको संयोजक, नेपाल जापान कुटनीतिक सम्बन्धको ६०औ गाठ को सुभ अवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिवल तथा एतिहासिक नेपाल फेस्टिवल को आयोजना गर्नुभएको थियो ।

यस्तै मनास्लु फेस्टिवल लगायत, नेपालमा गएको महाभुकम् मा जापान सरकार तथा जापानी नागरिकहरुले नेपालप्रति देखाएको सहानुभूति तथा आर्थिक सहयोगलाई धन्यवाद स्वरुप नेपालको पर्यटन प्रबर्धनको निमित्त हाम्रा धरोहरहरु अझै भत्केका छैनन, हामी सम्पूर्ण नेपालीहरु तपाईहरुले गर्नुभएको माया सद्भाव सहयोगको लागि नेपालमा स्वगत गरेर धन्यबाद दिन चाहन्छौ भन्ने नारा सहित एकै समयमा जापानका ५० ठाउँ भन्दा बढी स्थानमा स्टेसनको अगाडी थ्यांक्यू जापान कार्यक्रम आयोजना गर्नुभएको थियो ।

सो कार्यक्रमपछि जापानीहरु नेपालप्रतिको मोह निकै बढेको महसुस गरिएको छ । जापानको नेतृत्व रहँदा निकै लोकप्रिय कार्ययोजना तथा कार्य गरेर सम्पूर्ण गैरआवासीय नेपालीहरुको मन मुटुमा बस्न सफल ब्यक्ति पनि हुनुहुन्छ थापा । त्यसो त थापाको कार्यकाललाई एनआरएनए जापानको इतिहासमा सुनौलो कार्यकालको रुपमा जापानवासी नेपालीहरुले लिने गरेका छन । ‘थापाको कार्यकाल साँच्चीकै संझन लायक छ, धेरै राम्रो काम गर्नुभएको छ,’ जापानमै रहनुभएका पर्शु बस्नेतले जनताटाइम्ससँग भन्नुभयो ।

जापानको कुमामोतोमा आएको विनासकारी भुकम्पमा भुकम्पग्रस्त क्षेत्रमा ५० भन्दा बाढी स्वयंसेवकसहितको टिमले हजारौ संख्यामा जापानी नागरिकहरुलाई पटक पटक नेपाली खाना खुवाएर, नेपाली योगा सिकाउने कामको नेतृत्व पनि थापाले नै गर्नुभएको थियो । जापानी भोलेन्टियर सेन्टरसँगको सहकार्यमा भुकम्प प्रभावित क्षेत्रमा भत्किएका घर तथा सरसफाई गर्ने काम सुदन थापाकै नेतृत्वमा भएको बस्नेत बताउनु हुन्छ । सो कार्यको जापानको प्रसिद्ध टेलिभिजन तथा पत्रपत्रिकाहरुले निकै महत्वका साथ समाचार प्रकाशन गरेका थिए ।

सो कार्यका लागि जापान सरकारले समेत प्रसंसा गरेको थिए । २०७२ सालमा भूकम्पमा पनि थापाले उल्लेखनीय काम गर्नुभएको छ । विनासकारी महाभुकम्पमा गैरआवासीय नेपाली संघको तर्फबाट रामेछाप जिल्लाको संयोजक रही ४० भन्दा बाढी स्वयंसेवक तथा मेडिकल टिमको नेतृत्व गर्दै राहत वितरण तथा भुकम्प प्रभावित विभिन्न जिल्लामा काम गर्नुभएको थियो ।

थापाले युवा संयोजक रहदै गर्दा प्रथम पटक नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई विभागीय टिमको हैसियत प्रदान गर्दै ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघको तर्फबाट संयोजकको भूमिका प्रदान गरेको थियो । ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघले ६ स्वर्णसहित १४ पदक प्राप्त गरेको थियो । अहिले ती खेलाडीहरू साग खेल्ने अन्तिम तायारीमा छन । यी सवै काम थापाकै मेहनतको फल रहेको एनआरएनएका सदस्यहरु बताउँछन । थापाले एनआरएनए स्पोर्टस एकेडेमी स्थापनाका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।

थापाले गैरआवासीय दोस्रो जेनेरेसनलाई नेपालसंग जोडन र नेपालको समग्र खेलकूद बिकासका लागि नेपालमा स्पोर्ट्स एकेडेमीको स्थापनाको अबधारणा अघि सार्नुभएको छ । जस्को प्रतिफल एनआरएनएले पाउन थालिसकेको आम सदस्यहरुको बुझाइ छ ।