जनता टाइम्स

३० आश्विन २०८०, मंगलवार २२:१४

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगे


काठमाडौं, ३० असोज।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छातीमा समस्या देखिएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्ड थापाथलीको नर्भिक अस्पतालमा स्वास्थ्य जाँचका लागि भर्ना भएको प्रचण्डको सचिवालयले जनाएको छ । छातीमा असहज भएपछि चेकजाँचका लागि अस्पताल गएका सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको बताइएको छ।