जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १५:५३

टिकटकमा हिट बन्दै कमल खत्रीको नयाँ गीत ‘पहिलो माया’


काठमाडौं, भदौ २७

लोकप्रिय गायक कमल खत्रीको “पहिलो माया” बोलको गीत टिकटकमा हिट बन्दै गएको छ । गीतलाई कमल खत्रीको युट्युवबाट सार्वजनिक गरिएको हो । सुदिप लम्सालको शब्द रहेको उक्त गीतमा गायक कमल खत्रीकै संगीत रहेको छ भने रिकेश गुरुङको एरेंज रहेको छ ।

माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा मर्नु भन्दा पहिला मायालुलाई सबै खुशी दिने कुरा गरिएको छ । धेरै चर्चित गीतहरु गाइसकेका र सबैको मन जित्न सफल गायक खत्रीको उक्त गीतमा मायालुलाई आफ्नो माया बुझिदिन आग्रह गरिएको छ । गायक कमल खत्री र सिम्पल खरेलको अभिनय रहेको उक्त गीतको भिडियो पवन सुस्लिङले छायाँकन गरेका छन् ।

गायक कमल खत्री र सिम्पल खरेललाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक मुडमा माया साट्दै देख्न सकिन्छ । सिम्पल खरेलको नै निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।