काठमाडौं, कात्तिक ८ । नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा आज पनि टीका र जमरा लगाइँदै छ। मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जाने गरेका छन । यो क्रम कोजाग्रत पूर्णिमा अर्थात आगामी शनिबारसम्म रहन्छ।
कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ। आज पापाङ्कुशा एकादशी पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। साथै पापमा अंकुश लाग्ने जनविश्वास पनि छ।
आजका दिन काठमाडौंको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ।












प्रतिक्रिया दिनुहोस्