उत्तर कोरिया, बैशाख २१
उत्तर कोरियाले छोटो दुरीका मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार ती परिक्षण उत्तर कोरियाको पूर्वी भागमा रहेको होदो प्रायद्विपबाट गरिएका थिए ।
यदी पुष्टि भएमा यो सन् २०१७ नोभेम्बरमा प्योंगयांगले गरेको ‘अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल’को परिक्षण गरे यताको पहिलो मिसाइल परिक्षण हुनेछ । अघिल्लो महिना प्योंगयांग आफैले एक नयाँ ‘सामरिक निर्देशित हतियार’ परिक्षण गरेको बताएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्