जनता टाइम्स

८ कार्तिक २०८०, बुधबार १७:४७

छोरीलाई जन्म दिएको १० दिनमै पत्रकार शर्माको निधन


नवलपरासी, कात्तिक ८ । नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । छोरीलाई जन्म दिएको १० दिनमै मंगलवार पत्रकार शर्माको निधन भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहनुभएकी शर्माले १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा छोरीलाई जन्म दिनुभएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका १ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत रहनुभएकी शर्माको ३२ बर्षकै उमेरमा निधन भएको हो ।