काठमाडौं, कात्तिक १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालयमा झडप भएको छ ।
एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला अध्यक्षमा पराजित राजेन्द्रकुमार (आरके) शर्मासहित पराजीत समुहका स्वघोषित पदाधिकारी कार्यालय कब्जा गर्न पुगेपछि दुवै पक्षबीच विवाद र हातपात भएको हो ।
पराजित शर्मा समुहले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने महासचिवमा पराजीत भई सर्वसम्मत भएको स्वघोषणा गरिएका अमेरिकाका बुद्धि शागर सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएको छ ।
बालुवाटारमै आयोजित कार्यक्रममा सहभागी हुनुभएका बस्नेत एनआरएन केन्द्रीय कार्यालयमा गएर नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पराजित पक्षका केही व्यक्तिले दुर्ब्यवहार गरेपछि विवाद भएको हो ।
प्रतिक्रिया दिनुहोस्