जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १४:०२

तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने


काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा संसदीय दलका नेता र रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेस, एमाले र माओवादीबाटै राजनीतिक व्यवस्था खतरामा परेको बताउँदै अरुमाथि आरोप नलगाउन बताउनुभयो ।

प्रमुख तीनबाहेकका दलप्रति संसद अनुदार बनेको पनि उहाँको आरोप छ । उहाँले कांग्रेस, एमाले र माओवादीबाहेकका दलप्रति संसद अनुदार बनेको आरोप लगाउनुभयो ।