कञ्चनपुर, १६ कार्तिक । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम लागूऔषधसहित बेलौरी–६ हात्तीबोझाका २९ वर्षीय जयराम राना बुधबार साँझ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्