जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १७:५३

राष्ट्रपतिसँग दक्षिण कोरियाका कृषिमन्त्रीको शिष्टाचार भेट


काठमाडौै, १६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो ।

साथै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।