काठमाडौं, १७ कात्तिक । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज (शुक्रबार) एसएस भवन थापाथलीमा गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गर्नुभएको थियो ।
हाल सरोकारवाला निकायले रगतको अभाव भइरहेको बताइरहेका बेला पुनर्बीमाले यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । अभावको समयमा गरिएको यो रक्तदानले थोरै भए पनि टेवा पुर्याउने कम्पनीको विश्वास छ ।
सो रक्तदान कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शंकर कुमार रायमाझीले रक्तदान गर्नुभएको थियो । उहाँको यो ५६ औं पटकको रक्तदान हो । कम्पनीका प्रमुख कार्यकारी निर्देशक रायमाझीदेखि अन्य कर्मचारीको पनि उत्साहपूर्ण सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्